विद्यालय प्रशासनले वेवास्था गरेपछि पीडित परिवार र स्थानीय आक्राेसित, टायर वालेर राजमार्गमा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१८ गते   ४९० पटक हेरिएको

पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ९ नयाँराेडमा स्थानीयले टायर वालेर प्रदर्शन गरेका छन् । हरिवन नगरपालिका ९ नयाँराेड स्थित ज्ञानज्याेती बाेर्डीङ स्कूलकाे कम्पाउण्ड वालकाे गेट लडेर एक वालककाे मृत्यु र एक वालक घाईते भए पछि आक्राेसित भएका पीडित परिवार र स्थानीयले राजमार्गमा टायल वालेर प्रदर्शन गरेका हुन ।
विद्यालयकाे  मूलगेट लडेर थिच्दा बागमती नगरपालिका ४ जियाजाेरका  आकाश वलका अन्दाजी ५ वर्षिय छाेरा आयुष बलकाे मृत्यु भएको थियाे भने अर्का एक वालक घाइते भएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीका अनुसार गेटले थिच्दा साेही युकेजीमा पढ्ने अन्दाजी ५ वर्षिय बालक आयुषकाे ज्यान गएको र अर्का कक्षा २ मा पढ्ने अन्दाजी ७ वर्षीय आदित्य लाे घाईते भएका छन् । 
साेमबार बिहान करिब सबा १० बजे विद्यालय भित्र प्रवेश  गर्ने  क्रममा कम्पाउण्ड वालकाे ढाेका एक्कासी लड्दा दुई बालक थिचिएका थिए । नट फुक्लिएर ढाेका ढलेकाे विद्यालयले जनाएको छ । 
त्यसपछि आक्राेसित पीडित परिवार र स्थानियले विद्यालयकाे प्राङ्गणमा रहेकाे गमलाहरु,डेस्कबेन्च र विद्यालयकाे साेफा,टेबुल कुर्सी  ताेडफाेड गर्नुका साथै आगजनी समेत गरेका थिए । 
त्यसपछि ईलाका प्रहरी कार्यालय हरिवनमा पीडित परिवार र स्थानीयहरुका साथै बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण कुमार लामा सहित वार्तामा बसेका भए पनि वार्ताकाे निष्कर्ष ननिस्केपछि उचित क्षेतीपुर्ति  र आवश्यक कार्वाहीकाे माग गर्दै पीडित परिवार र स्थानीयले राजमार्गमा टायर वालेर प्रदर्शन गरेका हुन ।
घटना लगत्तै वार्ता मार्फत समस्या समाधान गर्न पीडित परिवार र स्थानीय तयार भए पनि विद्यालय प्रशासन सम्पर्कमा नआएपछि पीडित परिवार स्थानीय थप आक्राेसित बनेका हुन । घटना स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech