Close This

सर्लाहीका उखु किसानहरुले अनुदान चाँडै पाउने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२२ गते   ३२३ पटक हेरिएको

जिल्लाका उखु किसानलाई सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । कोरोना भाईरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण सरकारले गरेको लक डाउनको चरम मारमा परेका उखु उत्पादक किसानहरु उखुको अनुदान पाउने भएपछि खुसी भएका छन । 
आर्थिक वर्ष २०७४÷०७५ मा सरकारले मूल्य अभिवृद्धि करबाट प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा उखु खरिद बापतको अनुदान दिने गरेको थियो  तर आर्थिक वर्ष २०७५÷०७६ मा कर फिर्ताको व्यवस्था खारेज गरी उखु किसानलाई प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरिएको थियो। विगत लामो समयदेखि सरकारले उखु किसानको अनुदान रकम उपलब्ध नगराई सरकारले पनि उखु उधोग व्यवसायी जस्तैै गरिब उखु उत्पादक किसान नागरिकहरु माथि विभेद गरेको भन्दै किसानहरु अनुदान रकमको माग गर्दै पटक पटक आन्दोलीत भएका थिए ।
गोडैताको महालक्ष्मी सुगर उद्योग बगदहबाट कृषकहरुलाई गत सिजनमा आपूर्ति गरेको ऊखुको अनुदान प्रती क्विन्टल ६५ रुपैँयाका दरले नेपाल सरकारबाट प्राप्त भएको र आउँदो साता देखि सो रकम भुक्तानी हुने गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले बताउनु भयो ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण आर्थिक स्थितिको चरम मार खेपिरहेका उखु किसानका लागि सरकारले उपलब्ध गराउन लागेको अनुदान रकम कुनै वरदान भन्दा कम नहेको गोडैताका उखु उत्पादक किसान  मुकेश ठाकुरले बताउनु भयो ।
असार १५, १६ गतेसम्म सबै उखु किसानहरुको अनुदान रकम वितरण गरिसक्ने नगर प्रमुख यादवले बताउनु भयो । गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स उद्योगले उपलब्ध गारउनु पर्ने रकम किसानहरुको खातामा पुगिसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले बताउनुभयो। धनकौलमा रहेको अन्नपुर्ण उधोगले पनि किसानहरुको विवरण पेस गरेपसि किसानहरुको अनुदान रकम खातामा पठाउने प्रजिअ जिसिले बताउनुभयो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech