Close This

चन्द्रनगर ६ कामदका मुसहर बस्तीका बालबालिकालाई ज्याकेट र जुक्ता वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२५ गते   १४२ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ कामदको मुसहर बस्तीका बालबालिकालाई ज्याकेट तथा जुक्ता वितरण गरिएको छ । गृह मन्त्रालय,विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त १ सय ५० थान ज्याकेट चन्द्रनगर गाउँपालिका ६ कामदको मुसहर बस्तीमा लगेर बाँडिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले  जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतम,गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी लगायतले चन्द्रनगर गाउँपालिका ६ कामदको मुसहर बस्तीका बालबालिकालाई ज्याकेट वितरण गरेका चन्द्रनगर गाउँपालिका ६ का वडाध्यक्ष रामस्वरुप राउतले जानकारी दिए ।
मन्त्रालयबाट प्राप्त न्याना कपडा तथा जुत्ता जिल्लका विभिन्न बस्ती र विद्यालयमा पुगेर वितरण गर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले बताए । मधेश प्रदेशमा अचानक बढेको चिसोका कारण विपन्न तथा गरीब र न्युन आय स्रोत भएकाहरु प्रभावित भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech