Close This

एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुको सर्लाही जिल्ला समिति गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-३ गते   ७१ पटक हेरिएको

सर्लाहीमा पहिलो पटक एमआईएस अपरेटर र फिल्ड सहायकहरुको जिल्ला स्तरीय समिति गठन गरिएको छ ।सर्लाही र रौतहटको सिमाना नुनथरमा आज(आइतवार) जिल्लाभरका स्थानीय तहहरुमा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायकहरुको भेला सम्पन्न भएको छ । 
भेलाले सरोज चौलागाईकों अध्यक्षतामा उपा अध्यक्षहरु क्रमस सुस्मिता गौतम, पवन कुशवाहा र रामविश्वास बैठा उपाध्यक्ष त्यसैगरी राजनारायण राय यादव कोषाध्यक्ष, प्रितिन्जला थापा सचिव, किशोरी राय सहसचिवसहित हिरा अधिकारी, बिजय कुमार बोम्जन लगायत सदस्य चयन हुनु भएको छ ।
समितिको सल्लाहकारमा हरिकिशोर महतो, रितेश साह र रितुराज शर्मालाई चयन गरिएको आयोजकले बताएको छ । प्रत्येक स्थानीय निकायमा रहने एमआईएस अपरेटर र फिल्ड सहायकहरुले पञ्जिकरण शाखाको काम गर्दै आइरहेका छन् । समिति गठन पश्चात अब उनीहरुको हकहितका लागि पहल गर्ने बताइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech