बरहथवाका प्रहरी नायव उपरिक्षक उमाशंकरको सरुवा, प्रहरी नायव उपरिक्षक विजयको दरबन्दी कायम

2.8k Shares

सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार १ सय ३१ जना प्रहरी नायव उपरिक्षको सरुवा निकाल्दा यादवको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर, दाङ अन्तर्गत अपराध अनुसन्धान सहायता शाखामा सरुवा भएको हो । 
प्रहरी नायव उपरिक्षक यादवको नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँमा दरबन्दी भएपनि प्रहरी प्रधान कार्यालयले बरहथवामा काज सरुवा गरी पठाएको थियो । प्रहरी नायव उपरिक्षक यादवले ९ महिना बरहथवा प्रहरीको इन्चार्ज भएर काम गरेका छन् । प्रहरी प्रदान कार्यालयले तत्काल बरहथवामा नयाँ प्रहरी नायव उपरिक्षक भने पठाएको छैन् ।
बरहथवामा प्रहरी नायव उपरिक्षकको दरबन्दी नै कायम छैन् । यहाँ अहिलेसम्म दुई जना प्रहरी नायव उपरिक्षकलाई काजमा इन्चार्जको रुपमा खटाइएको थियो । यसअघिका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले पनि काजमै खटिएर काम गरेका थिए । उनले करिब १८ महिना ईलाका प्रहरी कार्यालय बरहथवाको प्रमुख भएर काम गरेका थिए ।
यस्तै, करिब १ महिनादेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काजमा कार्यरत प्रहरी नायव उपरिक्षक विजय यादवको भने जिल्ला प्रहरी कार्यालय सर्लाहीमै दरबन्दी कायम भएको छ । प्रहरी नायव उपरिक्षक यादवलाई नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी,सुनसरीबाट सर्लाहीमा सरुवा गरी यहीँ दरबन्दी कायम गरिएको हो । काजमा करिब १ महिना पहिला सर्लाही आएका प्रहरी नायव उपरिक्षक यादवको सर्लाही नै दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा यसअघि कार्यरत प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकी प्रहरी उपरिक्षकमा बढुवा भई केहीदिन अघि मात्रै उनि गएका थिए ।

सम्बन्धित समाचार