सुनकोशी ५ मा “एक घर एक धारा अभियान”उद्धघाटन

309 Shares

सिन्धुलीको सुनकोशी गाउँपालिका ५ बन्दिपुरमा “एक घर एक धारा अभियान”अन्तर्गत खानेपानी आयोजना उद्घाटन गरिएको छ।सुनकोशी गाउँपालिका ५ बन्दिपुरका ५५ घरधुरीलाई “एक घर एक धारा अभियान”मा जोड्ने गरी रु ३० लाख ७८ हजार आठ सय ६६ को लागतमा स्वच्छ खानेपानी सुविधा प्रदान गर्ने योजना अनुसार अभियान सुरु गरेका सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल)ले जानकारी दिईन् ।
उनका अनुसार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले एक कार्यक्रमका विच“एक घर एक धारा अभियान”को उद्धघाटन गरेका हुन।सुनकोशी गाउँपालिका ५ बन्दिपुरका स्थानीयबासिलाई सफा पानी उपलब्ध गराउने एक महत्वपुर्ण अभियानको उद्धघाटन गरिएको सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दाहालले बताए ।उनले यति बजेटले उक्त अभियान सफल हुन नसक्ने भएकाले थप बजेटको समेत व्यवासिथा गरिने समेत बताए ।

सम्बन्धित समाचार