Close This

जिल्लामा ४४० कोरोना संक्रमित,८ जनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२९ गते   १९१ पटक हेरिएको

 जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ४० पुगेको छ । वुधवार(आज) साँझसम्म जिल्लाभित्र तथा जिल्लाबाहिर पीसीआर र एन्टिजेन विधीबाट परीक्षण गर्दा ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले बताउनु भयो ।  बुधबार ७० जनामा कोरोना संक्रमण प्ष्टि भएपछि कोरोना संक्रमितको संख्या ४ सय ४० पुगेको हो ।
संक्रमितमध्ये ८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय प्रमुख नायकले बताउनु भयो । उहाँका अनुसार बुधबार  चितवनको भरतपुरमा उपचारका क्रममा लालबन्दीका एक जना संक्रमितको ज्यान गएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ८ पुगेको हो ।
सर्लाहीमा अहिले जिल्ला अस्पताल मलंगवामै समेत पीसीआर परीक्षण हुन थालेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा एन्टिजेन विधीबाट पनि कोरोना परीक्षण हुन्छ । कोरोना संक्रमण रोकथामका लागि सर्लाहीमा अहिले निषेधाज्ञा लगाइएको छ । बैशाख २५ गते राती १२ बजेदेखि लगाइएको निषेधाज्ञा वैशाख ३१ गते राती १२ बजेसम्म जारी रहने छ ।
निषेधाज्ञापछि बजार क्षेत्रमा मानिसको आउजाउ निकै पातलिएको भएपनि गाउँघरमा यसकोे खासै प्रभाव परेको छैन् । तरकारी बजार बाहेक मुख्य–मुख्य बजारका अन्य पसल व्यवसाय केही बन्द रहेका छन् । ठुला  तथा लामो दुरीका सवारी साधनहरु बन्द रहेका छन् । भने साना तथा छोटो दुरीका सवारी साधनहरु केही मात्रामा  सञ्चालीत रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech