सर्लाहीको सीमा नाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेश प्रदेशका सशस्त्र प्रहरी निरीक्षक एवम सशस्त्र प्रहरी कर्मचारीहरुको मिलेमतोमा व्यापक भन्सार छली हुने गरेको रहस्य बाहिरिएको छ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक सुजन रानाभाट र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका बिओपी पति एवम सई बाबुराम गैरेलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी तानिएपछि सर्लाहीका सीमानाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेश प्रदेशका सशस्त्र प्रहरी निरीक्षक एवम सशस्त्र प्रहरी कर्मचारीहरुको मिलेमतोमा व्यापक मात्रामा तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
सर्लाहीको सखुअवा,पर्सा र संग्रामपुर नाकाबाट चिनी तथा किरानाको कारोबार गर्ने वविता महत्तो र संगीता महत्तोको सामान नियन्त्रणमा लिने कार्यमा डटेर लागेका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक रानाभाट र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका बिओपी पति एवम सई गैरेलाई उनै तस्करको इसारामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेश प्रदेशका सशस्त्र प्रहरी निरीक्षक सागर राईको मिलेमतोमा बाहिनी तानिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीकै सशस्त्र प्रहरी निरीक्षक तथा कर्मचारीहरुको मिलेमतोमा सर्लाहीका नाकाहरुबाट व्यापक तस्करी हुने गरेको रहस्य फेला परेको हो ।
भन्सार छलीको काममा कडाई गरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक रानाभाट र सखुअवाका प्रमुखहरु एवम सई गैरेलाई ती तस्करले बाहिनीका सशस्त्र प्रहरी निरीक्षक राईलाई भनेर बाहिनी तान्न लगाएका एक सशस्त्र प्रहरी कर्मचारीले बताए।उनका अनुसार वविता र संगीताको सामान नियन्त्रणमा लिने योजना बनाएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका केही सशसत्र प्रहरी कर्मचारीहरुलाई पनि तान्ने तयारी भई रहेको छ।केही समय पहिला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)त्रिभुवननगरको प्रमुख भएर बसेका सशस्त्र प्रहरी निरीक्षक राईको सर्लाहीका तस्करहरुसंग राम्रो सम्बन्ध रहेको ती सशस्त्र प्रहरी कर्मचारीले नाम नलदेख्ने सर्तमा हामीलाई जानकारी दिए।उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक राई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेशका बाहिनी पति एवम डिआईजी कृष्ण ढकालको सचिवालयमा कार्यरत रहेका छन् भने उनकै कारण बाहिनीपति एवम डिआईजी ढकाल पनि बद्नाम हुने अवस्था सृजना हुने छ ।यता,आफ्नो स्वार्थ पूर्तिगर्न नसक्दा र उनीहरुको कुनै मिलेमतो नरहेको पाइएपछि उनीहरुलाई फेरी बाहिनीबाट सम्बन्धीत बिओपी मै फिर्ता गरिएको छ ।