नेकपा(माओवादी केन्द्र)ले सुरु गरेको हुलाकी राजमार्ग विशेष तराई मधेश जागरण अभियान अन्र्तगत सर्लाहीमा २३ गते(भोली)खबरदारी सभा एवम वृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने तयारी भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)सहित करिब आधा दर्जन केन्द्रीय पदाधिकारीहरु हुलाकी राजमार्ग विशेष तराई मधेश जागरण अभियानमा निस्केका छन् । माओवादी केन्द्र प्रति दुखेका जनताका मनलाई मल्हम लगाउँदै जनतासंग माओवादी जोड्ने अभिप्रायले माओवादी केन्द्रको टिमले फागुन १२ गते झापाको कचनकवल स्थित वनियानी वजारवाट अभियानको सुरु गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार अभिायनमा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारीहरुका साथै अन्य दर्जनौँ नेता कार्यकर्ताहरु अभियानमा खटिएका छन् भने विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रका प्रवेश गर्नेहरुको लर्काे लागेको छ ।माओवादी केन्द्रको पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय पदाधिकारीहरु एवम सचिवालय बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने,सुझावहरु संकलन गर्ने र जनता र माओवादी केन्द्रको नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई–मधेश जागरण अभियान संचालन गर्ने निर्णय भएको थियो ।
आज महोत्तरीबाट सर्लाही प्रवेश गर्ने अभियान भोली सर्लाही सदरमुकाम मलंगवामा खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गरेर भोली नै रामनगर गाँउपालिकामा जनतासँग खुल्ला संवाद गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरु रौतहटतर्फ अगाडि बढ्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य लुमणी धिताल(लोचन)ले जानकारी दिए ।उनकाअनुसार आज साँझ सर्लाही प्रवेश गर्ने अभियानको टोली पर्सा गाउँपालिकामा बास बस्ने र भोलि त्यहाँबाट जनतासंग भेटघाट गर्दै मलंगवा तर्फ आउने साथै मलंगवामा रहेको कवड हलमा खबरदारी सभा एवम वृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने तयारी भएको छ ।