पुर्व गृह राज्य मन्त्री सोनेलाल रायको वार्षिक पुण्य तिथीको अवसरमा एक पुस्तकको विमोचना गरिएको छ भने उहाँको शालिकको अनावरण गरिएको छ । मलंगवा नगरपालिका ६ खुटौनामा स्व.गृह राज्य मन्त्री रायको सम्झनामा विभिन्न कार्यक्रम गरिएको हो ।
यसै अवसरमा पुर्व गृह राज्य मन्त्री स्व.रायको स्मृतीमा प्रकाशन गरिएको पुस्तकको लोकार्पण तथा उहाँको शालिकको अनावरण गरिएको स्वा.मन्त्री रायका छोरा लालबाबु रायले जानकारी दिनु भयो । लोकार्पण गरिएको स्मृती पुस्तकको विशेषताका बारेमा स्वर्णिम एफएम मलंगवाका अध्यक्ष मनोज यादवले वाचन गर्नु भएको थियो ।
प्रदेश नं. २ प्रदेश सरकारका उद्योग ,पर्यटन,वन तथा वातावरण मन्त्री रामनरेश रायको प्रमुख अतिथीतामा भएको कार्यक्रमको रामगोपाल रायले सभापतित्व गर्नु भएको थियो । यस्तै माननीय अशोक यादव, चक्रघटा गाउपालिकाका अध्यक्ष बिक्रम यादव, मलंगवा नगरपालिका ६ का वडाअध्यक्ष तैयब मिकरानी, राप्रपाका केन्द्रिय सदस्य रामहरि थापा, नागरिक समाजका अगुवाद्धय उग्रकान्त झा, शिवचन्द्र चौधरी लगायत गाउका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।