हरिवन नगरपालिका ११ को हरिवन मिना बजारका टहरा भत्काइयो

234 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित मिना बजारमा अव्यवस्थित रुपमा  निर्माण गरिएका हटरा हटाई दिएकोे छ । राज्यको ठूलो रकममा निर्माण भएको हरिवन नगरपालिका ११ स्थित बजारका संरचना ठेक्का लागि सकेको भएपनि त्यसको अगाडि अव्यवस्थित रुपमा निर्माण गरिएका १९ वटा टहरा हटाईएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।उनका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको  हरिवन बजारका सटरहरु भाडामा  लागि रहेको अवस्थामा तीनै  सटरहरु अगाडि हटरा बनाएर हटरमा रहने व्यापारीहरुलाई असहज बनाउने कार्य गरेकाले टहराहरु हटाईएको हो ।

28-08-2025-68b074c821fc5-t.jpg
हरिवन नगरपालिकाा ११ स्थित हरिवन बजारको मिना बजारमा बाटो अवरुद्ध हुने गरी पसल अगाडि अवैध १९ वटा भत्काईएको हो।सर्टरभरी समान राखेर बाहिर सडकमा टहरा निर्माण गरी व्यापार गर्दा पैदल यात्रीहरुलाई आवत जावत गर्न समस्या परेकाो गुनासो आएपछि त्यस्ता संरचना भत्काइएको नगर प्रमुख बुढाथोकीले बताए । 
एक वर्षअघि देखि नै ती संरचना भत्काइदिन नगरपालिकाले बारम्बार व्यापारीलाई सूचना प्रवाह गर्दै आइरहेको भएपनि बेवास्ता गरिएकाले बाध्य भएर डोजर प्रयोग गर्नुपरेको नगरर उप प्रमुख हरिमाया घलानले बतार्ईन् ।उनका अनुसार व्यापारीहरुले अटेर गरे नगर प्रहरी परिचालन गरेर संरचना भत्काउने काम गरिएको हो ।मिना बजार व्यापारी समितिले भदौ १५ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै छठसम्म टहरा रहन दिन माग गरेको थियो।तर उनीहरुको अनुरोध अटेर गरी नगरपालिकाले गुण्डागर्दी शैलीमा पाली भत्काउने काम गरेको मिना बजारका व्यापारीहरुको आरोप छ ।

सम्बन्धित समाचार