हरिवन ३ बाट प्रतिवन्धित लागु औषध गाँजा १० किलो बरामद्

77 Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोक नजिकबाट प्रहरीले प्रतिवन्धित लागु औषध सहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका ३ बुद्धचोक नजिक भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०२–०३२ प. १८५५ नंम्बरको मोरटसाईकल सहित प्रतिवन्धित लागु औषध गाँजा अन्दाजी १० किलो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकलमा सवार दुई जना प्रहरी टोलीलाई देख्ना साथ मोटरर्साकल छोडी फरार भएका थिए । त्यसपश्चात सो मोटरसाईकल चेकजाँच गर्दा प्लाष्टिकको बोरामा दुई पोका प्रतिवन्धित लागु औषध गाँजा अन्दाजी १० किलो सहित मोटरसाईकल ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेको मोटरसाईकल र प्रतिवन्धिच लागु औषध गाँजाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको र फरारहरुको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार