इश्वरपुरमा पाँच दिनमा एक हजार बढीको आँखा जाँच

258 Shares

सर्लाहीको ईश्वरपुरमा आयोजना गरिएको निःशुल्कआँखा शिविरको पाँचौ दिन सम्ममा एक हजार भन्दा आँखाका बिरामीहरुले सेवा लिएका छन् ।ईश्वरपुर नगरपालिका ९ गौचरण स्थित आँखा उपचार केन्द्रमा आयोजना गरिएको निःशुल्क आँखा शिविरको पाँचौँ दिन सम्ममा एक हजार एक सय ६४ जना आँखाका बिरामीहरुले आँखा जाँच गराएका छन् भने दुई सय ६९ जना आँखाका बिरामीको  शल्यक्रिया गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका,भरतपुर आँखा अस्पताल,नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरपालिकासँगको समन्वयमा कात्तिक २७ गते मंगलबारबाट सुरु भएको निःशुल्क आँखा जाँच शिविर मंसिर २ गते अर्थात आईतबार(आज) सम्म सञ्चालन हुने छ ।शिविरमा निःशुल्क चश्मा तथा औषधि समेत वितरण भइरहेकोे आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार