समाजसेवी आर्चायद्धारा सागरनाथमा एम्बुलेन्स र इश्वरपुरलाई स्वास्थ्य सामाग्री सहयोग

3.4k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकालाई  कोरोना भाईरसको दोस्रो भेरियण्टको संक्रमणबाट जोगाउन भन्दै स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । इश्वरपुर नगरपालिका नै घर भएका समाजसेवी मनोज आचार्यले आईतबार लाखौं मुल्यका स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।
कोरोना भाईरस संक्रमित भएर नगरभन्दा बाहिर उपचारका लागि लैजान र नजिकको संस्थागत आईसोलेशन सम्म पुर्याउन सहज होस् भन्दै समाजसेवी आचार्यले निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गर्न स्थानीय सन सागरनाथ युवा क्लबलाई जीप उपलब्ध गराउनु भएको छ । नगरपालिकाका कुनैपनि वडामा सरकारी एम्वुलेन्स नभएको र नागरीकहरुले खोजेको समयमा एम्बुलेन्स नपाउँदा स्थानियबासीमा पीडा थपिएको भन्दै आर्चायले जीप सहयोग गर्नु भएको हो । नगरपालिकामा १५ वटा वडा छन् तर कुनै पनि वडामा सरकारी एम्वुलेन्स  नहुँदा नगरबासी समस्यामा परेका थिए । 
सर्भीस फर पीस नेपाल हरिवनको एम्बुलेन्सलाई कोरोना भाईरस संक्रमणको जोखिम रहुञ्जेल क्लबले सञ्चालन गर्नेगरी समाजसेवी आचार्यले पैसा तिरेर व्यवस्था मिलाई दिनु भएको हो ।
त्यस्तै , समाजसेवी आचार्यले क्लबलाई पीपीई सेट २० थान, नेम्बुलाईजर ५ थान, पल्स अक्सीमिटर १० थान, फेस सिल्ड २ सय थान, एन ९५ मास्क १ हजार थान, सेनिटाईजर ३० लिटर, ईन्फ्रारेड थर्मामिटर ५ थान लगायतका स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । क्लबका अध्यक्ष जनकलाल स्याङबाले समाजसेवी आचार्यप्रति आभार प्रकट गर्नु भयो । सागरनाथ माविमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता जगत नाराण श्रेष्ठ, मदन वि.क, धनलाल गोले, हरिबहादुर कटुवाल, प्रेम सिंह लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार