सर्लाहीको इश्वरपुर नगरपालिका स्थित रहेको नगर अस्पतालले सल्याक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको छ।स्थानीय तहको निर्वाचनको समयमा नगर प्रमुख पदका उम्मेदवार मनोज कुमार आचार्यले घोषणा गरेको प्रतिवद्धता अनुसार उनी निर्वाचित भएपछि नगर अस्पतालले सल्यक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको हो ।नगर प्रमुखमा निर्वाचित भएदेखि नै आफुले नगर अस्पताल स्थापना गर्दा नगरवासीलाई आफ्नै घरदैलोमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने संकल्प गरेका र त्यो संकल्प पुरा भएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए ।

उनका अनुसार नगर अस्पतालमा सल्याक्रिया सहितको प्रसुती सेवा सुरु भएसंगै पहिलो पटक सफल रुपमा सल्याक्रिया मार्फत प्रसुती सेवा सफल रुपमा सुरु भएको छ।नगर अस्पालमा शल्यक्रिया मार्फत प्रसूति गराउने सेवा अन्तर्गत शुक्रबार पहिलो पटक एक शिशुको सफलतापूर्वक सल्याक्रिया मार्फत जन्म भएको नगर अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार सल्याक्रिया मार्फत भएको प्रसुतीबाट जन्मीएको नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य र सुरक्षित रहेको छ।नगर अस्पतालमा सल्याक्रिया सहित प्रसुती सेवा सुरु भएपछि सामान्य जटिलता आउँदा पनि महँगो खर्च गरेर वा लामो दुरी तय गरेर ठुला सहरका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख आचार्यले बताए।उनले विपन्न एवम् न्यून आय भएका परिवारका आमा र शिशुको जीवन रक्षाका लागि यो सेवा कोशेढुङ्गा सावित हुने विश्वास लिएको बताए ।