सडक पेटीमा सुत्केरी भएकी महिलाकाे उद्वार

460 Shares
सर्लाहीको लालबन्दी नगरपालिका १  स्थित नवलपुरमा सडक पेटीमै बच्चा जन्माएकी बेवारिसे महिलाको उद्धार गरिएको छ ।नाम,ठेगाना खुल्न नसकेको र मानसिक सन्तुलन समेत ठीक नरहेको महिलाले आइतबार शिशु (छोरी) लाई सडकपेटी मै जन्म दिएकी भन्ने खबर पाउँना साथ लालबन्दी नगरपालिकाले उद्धार गरेको लालबन्दी नगरपालिकाको विपद् तथा वातावरण शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार मागेर खाँदै हिँड्ने बेवारिसे महिलाले सडक पेटीमै बच्चा जन्माएको भनी स्थानीयले खबर गरेपछि लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिबहादुर भट्टराई(हरिहर) सहित लालबन्दी नगरपालिकाको टिम तत्कालै लालबन्दी नगरपालिका १ स्थित नवलपुर पुगेर महिला र नवजात शिशुको उद्धार गरि लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पताल ल्याएर उपचार थालिएको हो ।
बेवारिसे महिलाले जन्माएको शिशु स्वस्थ रहेपनि सुत्केरीको शरीरबाट साल छुट्टिन बाँकी रहेकाले सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्न आवश्यक रहेकाले जनकपुरतर्फ पठाइएको नगर अस्पताल लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले बताए।उनका अनुसार बेवारिसे महिलाको जनकपुर प्रादेशिक अस्पतालमा सकुसल उपचार भई रहेको साथै जनकपुरमा रहेको मानव सेवा आश्रमसंग कुरा भएको र उनी अस्पतालबाट निस्किएपछि मानव सेवा आश्रममा राखिने छ ।सडक पेटीबाट उद्धार गरिएकी बेवारिसे महिलाले आफ्नो नाम थप तथा ठेगाना स्पष्ट बताउन नसकेकी कारण उनको परिवारको पहिचान हुन बाँकी रहेको छ ।
सम्बन्धित समाचार