Close This

हरिवन ११ बाट तासको खालबाट लाखौँ रकम सहित ६ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-५ गते   २२६ पटक हेरिएको

सर्लाहीको हरिवनबाट प्रहरीले ६ जना तास खेलेका खेलाडीहरुलाई पक्राउ गरेको छ । हरिवन नगरपालिका ११ स्थित दिनेश मिठाइ पसल नजिकैबाट तास खेलि रहेका ६ जनालाई पक्राय गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
आईतवार साँझ ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले छापा मारेर तास खेलि रहेका ६ जनालाई लाखौँ रुपैयासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार लामो समयदेखि सो स्थालमा तास खेल भई रहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले छापा मार्दा लाखौँ रकम सहित ६ जना मानिसहरुलाई पक्राउ गरिएको हो ।
सर्लाही प्रहरीका अनुसार पक्राउ परेका ६ जना तास खेलाडीहरु र तासको खालबाट बरामद भएको रकमको बारेमा एकिन विवरण आउन बाँकी रहेको छ । पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाको समेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिनुभयो ।
हरिवनको सो स्थानमा लामोसमय देखि ठुलो रकममा तास खेल भई रहेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय हरिवनले पटक पटक नखेल्न आग्रह गरेको र अटेर गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech