सर्लाहीका ५ स्थानिय निकायमा गरिएको नमुना मतदानमा करिब ३ प्रतिशत मत बदर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२६ गते   २४४ पटक हेरिएको

जिल्ला निर्वाचन कार्यालय सर्लाहीले ५ वटा स्थानीय निकायमा सञ्चालन गरेको नमुना मतदान कार्यक्रममा खसेको मतको औसतमा २.९ प्रतिशत मत बदर भएको छ । मतदान शिक्षा कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको नमुना मतदान कार्यक्रममा खसेको ४ सय ८५  मत मध्ये प्रत्यक्ष तर्फ १४ मत र समानुपातिक तर्फ १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका नायव सुब्बा मनिस कुमार साहले जानकारी दिए ।
हालसम्म नमुना मतदान कार्यक्रम  हरिपुर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, चन्द्रनगर गाउँपालिका , ब्रह्मपुरी गाउँपालिका र पर्सा गाउँपालिकामा सम्पन्न भइसकेको साहले बताए ।   मतदान प्रकृयाका बारेमा समुदायलाई जानकारी गराउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका सबै स्थानिय निकायका मुख्य/मुख्य स्थानमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech