सिन्धुलीको कमलामाई नगरपालिका ६ मा निर्माणाधिन आईसालेसन भवन निर्माणका लागि हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष कारसाङ लामाले ५० हजार सहयोग गर्नुभएको छ ।
आफ्नी स्वार्गिय आमा कान्छीमाया लामाको सम्झनामा आइसोलेसन निर्माण कार्यका लागि अध्यक्ष लामाले व्यत्तिगत ५० हजार सहयोग गर्नु भएको हरिहरपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता झलक कुमार माझीले जानकारी दिनु भयो ।
प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन),प्रदेश सभा सदस्य प्रदिप कटुवाल, नेकपा नेता कमलजंग राई लगायतको उपस्थितीमा आईसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठलाई अध्यक्ष लामाले ५० हजार हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकमको हस्तान्तरण गर्दै हरिहरपुरगढी गाउपालिका अध्यक्ष लामाले भवन निर्माणमा थप रकम आवश्यक परेमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अध्यक्ष लामाले तिव्रगतीमा निर्माण भईरहेको आईसोलेसन भवन समयमै निर्माण सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो ।