सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित मलंगवा नवलपुर सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।मलंगवा नगरपालिका ४ स्थित मलंगवा नवलपुर सडकखण्डमा गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार पैदल यात्री मलंगवा नगरपालिका ३ का अन्दाजी ५५ वर्षीय जय प्रकाश जयसवालको मृत्यु भएको छ भने मलंगवा नगरपालिका ४ का अन्दाजी ५२ वर्षीय जितु राय र भारतको सितामढीका अन्दाजी २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको छ ।पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको एम्बुलेन्सको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।