नाढीमन तालको विकास र संरक्षणका लागि छलफल सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-८ गते   २०१४ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नाढीमन ताललाई मौलिक, प्राकृतिक, सुन्दर, व्यवस्थित र पर्यटकीय बनाउन सर्वपक्षीय छलफल सुरु भएको छ । चन्द्रनगर गाउँपालिकाले गाउँपालिका भित्रका बुद्धिजीवि व्यक्तित्वहरुसंग नाढीमन ताललाई मौलिक, प्राकृतिक, सुन्दर, व्यवस्थित र पर्यटकीय बनाउन सर्वपक्षीय छलफल सुरु गरेको हो ।
सर्वपक्षीय रुपमा लिएका सल्लाह सुझाव तथा जनताका विच जाहेर गरेका प्रतिवद्धता तथा सवै विकास र जनजिविकाका सवालहरुलाई यथोचित सम्बोधन गर्दै चन्द्रनगर गाउँपालिकालाई समृद्धि र सम्मुनत रुपमा रुपान्तरण गरि सुविधा युक्त पर्यटकिय गाउँपालिकाको रुपमा विकास गर्न प्रतिवद्धता सहित छलफल सुरु गरीएको गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले बताउनु भयो ।
चन्द्रनगर गाउँपालिकाले शुरु गरेको छलफल कार्यक्रममा सहभागी सर्वपक्षीय व्यक्तिहरुले गुरु योजना निमार्ण गरी सौन्दर्यकरण तथा पुर्वाधार निर्माण गरी यस क्षेत्रको पर्यटकीय स्थलको रुपमा नाढीमन ताललाई विकास गर्न गाउँपालिकालाई सुझाव दिएका छन् । उनिहरुले गाउँपालिकाको सौभाग्य र गहनाको रुपमा रहेको सयौं वर्ष पुरानो प्राकृतिक नाढीमन तालको विकास,संरक्षण र प्रवद्र्धन गरि यसलाई राष्ट्रिय,अन्तर्राष्ट्रिय पर्यटकहरुको रोजाईको केन्द्र बनाउन गाउँपालिका अगाडी बढ्नु पर्ने बताएका छन् ।
नाढीमन ताललाई ऐतिहासिक,सांस्कृतिक,पुरातत्व,जलाधार,सिचाई,सम्पदा र धार्मिक दृष्टिकोणले मौलिक शैलीमा विकास र भौतिक क्षेत्र विस्तार गरी सौन्दर्यीकरण गर्न गाउँपालिका तयार रहेको अध्यक्ष महतोले बताउनु भयो ।
नाढीमन तालसंग जोडिएका तालतलैया,खोलानदी,बासस्थान,कार्यालय,मन्दिर र बजार सहित समग्र नाढीमन तालको उल्लेखनिय विकास गरी नेपाल भारत लगायत विश्व भरीका सम्पूर्ण समुदाय,धर्म र वर्गको कुल देवताको विशिष्ट प्रतिमा सहितको मन्दिर लगायतको आवश्यक संरचना निर्माण गरी गाउँपालिकालाई आन्तरीक तथा बाह्य पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो । उहाँले नाढीमन तालको विकासले चन्द्रनगर गाँउपालिकाका नागरिकको रोजगारी र व्यवसायमा उल्लेख्य अभिवृद्धि गरी आर्थिक उन्नती र जीवनस्तर उकासनमा योगदान पुुर्याउने विषयमा गाउँपालिका लागि पर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।
तर ५३ विघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल नाढीमन ताल अहिले वरिपरीबाट अतिक्रमणको चपेटामा  परेको छ । नाढीमन तालको वरिपरी वस्ती बस्नुका साथै चन्द्रनगर गाउँपालिकाको कार्यालय पनि नाढीमन तालको क्षेत्रफल हडपेर निर्माण गरिएको छ । ५३ विघाको ताल अहिले वरिपरीबाट अतिक्रमित हुँदै ३२ विघामा झरेको यसतर्फ कसैको ध्यान पुगेका छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech