Close This

सर्लाही प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३२ गते   ७९६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका निवासी समाजसेवी मुनेश्वर साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । समाजसेवी साहले केएन ९५ मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।

कोरोना भाइरस संक्रमणको समयमा सुरक्षाको लागि अग्रस्थानमा खटिने सुरक्षाकर्मीहरुको लागि समाजसेवी साहले ३ सय थान केएन ९५ मास्क र सेनिटाइजर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी उपरीक्षक विश्वमणी पोखरेललाई हस्तातरण गर्नुभएको हो ।
यस्तो महामारीको समयमा प्रहरीलाई सहयोग गरेकोमा समाजसेवी साहलाई प्रहरी उपरीक्षक पोखरेलले धन्यवाद दिनुभएको छ । त्यस्तै समाजसेवी साहले मलंगवाका संचारकर्मीको लागि २५ थान मास्क नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरलाई हस्तातरण गर्नुभएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech