लालबन्दी १ नवलपुरका चार वटा नीजि स्वास्थ्य संस्था सिल

216 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुर क्षेत्रमा सञ्चालित नीजि स्वासथ्य संस्थाहको जिल्लास्तरिय अनुगमन समितिले अनुगमन गरी अनुमती नै नलिई सञ्चालित चार वटा नीजि स्वास्थ्य संस्थाहरुमा सिल गरेको छ ।जिल्लास्तरिय अनुगमन समितिको संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको नेतृत्वमा खटिएको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख संजिव दुवे,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी,जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झा,खाद्य गुण तथा प्रविधि नियन्त्रण डिभिजन कार्यालय मलंगवा सर्लाहीका जगत प्रकाश चौधरी,लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका रोशन चौधरी र ईलाका प्रहरी कार्यालय नवलपुरका प्रतिनिधिहरु सम्मिलित टोलीले लालबन्दी नगरपालिका १ नवलपुरका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दा भानु अन्जली पोलिक्लिनिक प्रा.लि.,रक्षा हेल्थ केयर अस्पताल प्रा.लि.,जयमाता दि हेल्थ केयर प्रा.लि.र भवानी हेल्थ केयर प्रा.लिलाई सिल गरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिक्रानीले जानकारी दिए ।
उनका अनुसार चारवटै स्वास्थ्य संस्थाले अनुमित पत्र नै नलिएको पाइएपछि जिल्लास्तरिय अनुगमन समितिले सिल गरेको हो।बुधबार(आज) सिल गरिएका चारमध्ये भानु अन्जली पोलिक्लिनिक प्रा.लि.ले अप्रेसन थिएटर संचालन गरेको र बिरामीको स्वास्थ्यमा हेलचेक्र्याइ गर्ने गरेको पाइएकाले चारवटै नीजि स्वास्थ्य संस्था सिल गरिएको जिल्लास्तरिय अनुगमन समितिको संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
उनका अनुसार अनुगमन टोलीले नवलपुरका पाँचवटा स्वास्थ्य संस्थाको अनुगमन गरेको मध्ये जया हेल्थ क्लिनिकले अनुमती लिएपनि रेडियोलोजिष्ट बिनै भिडियो एक्सरे (अल्ट्रा साउण्ड) सञ्चालन गर्ने गरेको पाइएकाले रु २० हजार जरिवाना तिराइएको र रेडियोलोजिष्ट राखेर मात्रै अल्ट्रासाउण्ड सेवा संचालन गर्न निर्देशन दिइएको छ ।यस अघिपनि लालबन्दी नगरपालिकाको नगरस्तरिय अनुगमन समितिले पटक पटक अनुगमन गरि मापदण्ड नपुगेका भन्दै नगरभित्रका करिब दुई दर्जन नीजि स्वास्थ्य संस्थाहरु सिल गरेको थियो तर रातारात ती नीजि स्वास्थ्यहरु खुलेर अुलेआम जनस्वास्थ्यमा खेलवाड गरि रहेको भएपनि लालबन्दी नगरपालिकाको  नगरस्तरिय अनुगमन समिति मौन बसेको गुनासो आएपछि नगरका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत झाले बताए ।
उनका अनुसार दर्ता समेत नभई सञ्चालनमा रहेका नीजि स्वास्थ्य संस्थाहरुले गर्भवती महिलाहरुको जथाभावी गर्भ परीक्षण गर्ने,कानून विपरीत लिङ्ग पहिचान गराई भ्रुण हत्या गर्ने गरेको गुनासो आएपछि अनुगमन गरिएको हो ।यता,लालबन्दी नगरपालिका भित्र सञ्चालित नीजि अवैध स्वास्थ्य संस्थाहरुको यस पटक अनुगमन पनि नगरस्तरिय समितिले अनुगमन गर्दाको झौ अनुगमनको नाममा अनुगमन मात्रै नहोस भन्ने स्थानीय जानकारहरुले जिज्ञासा राखेका छन् ।

सम्बन्धित समाचार