Close This

जनवाल कल्याण माविका विद्यार्थीहरुलाई जुक्ता वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-५ गते   १०१२ पटक हेरिएको

रमेश अधिकारी(रितिक)


सर्लाहीको बागमती नगरपालिका २ स्थित रहेको जनवाल कल्याण माध्यमिक विद्यालय धरहरामा अध्यायनरत विद्यार्थीहरुका लागि जुक्ता वितरण गरिएको छ । बागमती नगरपालिका २ स्थित रहेको जनवाल कल्याण माध्यमिक विद्यालय धरहरामा कक्षा ५ सम्म अध्यायनरत विद्यार्थीहरुका लागि जुक्ता वितरण गरिएको हो ।
बागमती नगरपालिका २ का  युवा व्यवसायी एवम समाजसेवी राम कुमार राउतले बागमती नगरपालिका २ स्थित रहेको जनवाल कल्याण माध्यमिक विद्यालय धरहरामा कक्षा ५ सम्म अध्यायनरत विद्यार्थीहरुका लागि जुक्ता वितरण गर्नु भएको बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तानको प्रमुखआतिथ्यता तथा बागमती नगरपालिकाको शिक्षा शाखाका संयोजक मिन प्रसाद उपाध्यायको विशिष्ट आतिथ्यतामा बागमती नगरपालिका २ स्थित रहेको जनवाल कल्याण माध्यमिक विद्यालय धरहरामा कक्षा ५ सम्म अध्यायनरत विद्यार्थीहरुका लागि जुक्ता वितरण गरिएको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । 
उनका अनुसार कार्यक्रममा बागमती नगरपालिकाका शिक्षा संयोजक राज कुमार बिश्वकर्मा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक वहादुर बोहरा,वरिष्ठ सदस्य गिता बहादुर भट्टराई,जनकल्याण आधारभुत  बिद्यालयका प्रधानाध्यापक सुरेश कुमार यादव,गौरी शंकर प्रा विका अध्यक्ष सत्य नारायण राय लगायतको उपस्थिती रहेको थियो ।
साथै कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण विजेता र नगर प्रथम हुन सफल सबै विद्यार्थीहरुलाई पुरस्कर समेत वितरण गरिएको शिक्षा शाखाका कार्कीले बताए ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech