रास्वपा सभापति लामिछाने निवासबाटै पक्राउ

440 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति एवम निवर्तमान गृह मन्त्री रवि लामिछाने निवासबाटै पक्राउ परेका छन्। काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए।उनका अनुसार रास्वपा सभापति लामिछानेलाई प्रक्रियागत रूपमा अदालत बुझाइने छ।अदालतको फैसला बमोजिम रास्वपा सभापति  लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता आचार्यले बताए ।उनले रुपन्देहीको मुद्दा भएकाले त्यहाँको अदालतमा उपस्थित गराउने गरी भैरहवा लैजाने समेत बताए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन्।पक्राउ पर्नुअघि सभापति लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए।
“सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै  गिरफ्तारी दिँदैछु।”आफ्नो उनले फेसबुकमा लेखेका छन्,।उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन्।न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै।न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ ।रास्वपा सभापति लामिछानेले भनेका छन्। 
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेसंगै उनलाई निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार