182
Shares
सर्लाहीको कविलासी नगरपालिका–३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कविलासी नगरपालिका–३, मदनपुरका अन्दाजी ३३ वर्षीय तुलसी ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले मोटरसाइकल चालक ठाकुरको साथबाट हतियार बरामद गरेको हो।बीआर ३० वाइ २८५३ नम्वरको मोटरसाइकल चढेर जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेका ठाकुर दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।