दुर्गा कुमारी अधिकारी
प्रदेशमा संचालित अवैध निजी स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरुमाथी मधेश प्रदेश सरकारले कडा निगरानी गर्ने भएको छ । मधेश प्रदेशका आठै जिल्लामा सञ्चालित अवैध निजी स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरुमाथी साउनदेखि कडा निगरानी गर्ने मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले बताए ।
.jpg)
प्रदेशभर सञ्चालित अवैध निजी स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरुलाई अध्यावधिक गराउन मन्त्रालयले आग्रह गरेको र सो अवधिमा अध्यावधिक नगर्ने निजी स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरुमाथी साउन कडाईका साथ लाग्ने मन्त्री सिंहले बताए ।“असार भित्रमा आफ्नो निजी स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरु अध्यावधिक गराउन भनेका छौँ,अटेर गरेमा साउनबाट कडा निगरानी गर्छाै ।”मन्त्री सिंहले भने,

उनले साउन मसान्त भित्रमा सूची दर्ता नगराउने सबै निजी स्वास्थ्य संस्थालाई अवैध ठहर गर्दै बन्द गर्ने प्रकृया अगाडी बढाइने बताए ।प्रादेशिक अस्पताल मलंगवामा पाठेघर झर्ने(आङ्ग खस्ने)समस्याबाट पीडित महिलाहरुको लागि निःशुल्क शल्यक्रिया शिविरको उदघाटन गर्दै मन्त्री सिंहले यस्तो बताए । प्रादेशिक अस्पताल मलंगवा सहित मधेश प्रदेशका सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्थाहरुबाट बिरामीहरु निजी अस्पताल जानु परे तुरुन्तै आफुलाई सम्पर्क गर्न समेत मन्त्री सिंहले आग्रह गरे ।
उनले प्रदेश सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवा दिन अनाकानी गर्ने त्यस्ता सरकारी अस्पताल वा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई ठाँउको ठाउ कार्वाही गरिने चेतावनी समेत दिए । प्रादेशिक असपताल मलगवालाई एक सय शैयाको अस्पताल बनाउने,सरकारी स्वास्थ्य संस्थाहरुको स्वास्थ सेवालाई चुस्त दुरूस्त बनाउनुका साथै सरसफाइमा निरन्तर ध्यान दिन समेत मन्त्री सिंहले निर्देशन दिएका छन् ।