प्रदेश ट्राफिक प्रहरी राजस्व संकलनको लक्ष्यमै केन्द्रित,जसरी नी राजश्व उठ्नु पर्र्यो

130 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा सहित मातहतका ट्राफिक प्रहरी कार्यालयहरु राजश्व संकलनमा मात्रै केन्द्रीत रहेका पाइएको छ ।सरकारले प्रत्येक वर्ष मधेस प्रदेश ट्राफिक प्रहरीलाई राजस्व संकलनको लक्ष्य निर्धारण गर्नु र यहाँ खटिएका ट्राफिक प्रहरी अधिकारीहरु राजश्व संकलनमा केन्द्रीत हुनुले राजश्व बृद्धि त भएको छ तर सवारी दुर्घटना घटेको छैन् ।

f1405269-4f9b-47de-9672-4050c0e9fc43.jpg
ट्राफिक प्रहरी मुख्य काम छोडेर राजस्व संकलनमा मात्रै केन्द्रित भएको देखिन्छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराले हाल दैनिक करिब रु १० लाख राजस्व संकलन गरिरहेको जनाएको छ ।मधेश प्रदेशको पुर्वमा सप्तरीको शम्भुनाथ देखि पश्चीममा बाराको अम्लेखगञ्जसम्म दर्जनौँ ठाउँमा सवारी चेकजाँच पोस्ट राखिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा सहित मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले करिब एक देखि चार किलोमिटरको दुरीमा फरक फरक चेकपोस्ट राखेर राजस्व संकलन गर्दै आएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराले चालु आर्थिक वर्षको माघ मसान्तसम्म रु २ करोड सात लाख ८७ हजार राजस्व संकलन गरिसकेको जनाएको छ ।

77d832b0-e62a-4589-bd51-ec13fcf7f6e9.jpg
गत आर्थिक वर्ष यो कार्यालयले रु २६ करोड ८६ लाख ८६ हजार राजस्व संकलन गरेको थियो । सो कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु २२ करोड ४४ लाख ४० हजार राजस्व संकलन गरेको थियो ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा सहित मातहतका ट्राफिक प्रहरी कार्यालयहरुले दैनिक नौ देखि १० लाखसम्म राजस्व संकलन गर्दै आएको बताए ।उनले प्रत्येक वर्षको लक्ष्यमा थप पाँच प्रतिशत बढाएर अगामी आर्थिक वर्षमा राजस्व संकलन गर्नुुपर्ने बाध्यात्मक व्यवस्था रहेको समेत बताए ।

7de27a1e-0e07-4fe6-9366-da33c8baa00f.jpg
गत आर्थिक वर्षमा रु २६ करोड राजस्व संकलनको लक्ष्य पाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराले आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा करिव रु २० करोड मात्र राजस्व संकलन गरेको थियो,तर आर्थिक वर्षको अन्त्यमा चेकजाँचलाई कडाइ गरेर राजस्वको लक्ष्य प्राप्त गर्न सफल भएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारामा पूर्व प्रहरी उपरीक्षक सन्तोष भट्टराईले सरकारले ट्राफिक प्रहरीलाई मुख्य काम छोडेर राजस्व संकलनमा खटाएको बताएका थिए।ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्दा मापदण्ड हेरेर न्युनतम् रु पाँच सय देखि अधिकतम् रु पाँच हजारसम्म जरिवाना गर्ने गरेको छ ।
यसबाट पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा सहित मातहतका ट्राफिक प्रहरी कार्यालयहरु अरु जे होस राजश्व संकलन हुनैपर्छ भन्ने सोचमा डिउटीमा खटिने प्रष्ट हुने गरेको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार