लाईसेन्समा फेललाई पास बनाउँदै प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटी मालामाल

120 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरीमा कार्यरत प्रहरी नायव निरिक्षक(सई)होमबहादुर भित्रिकोटी कमिसन उठाउनमा व्यस्त रहेका छन् । महोतरी भन्दा बाहिर दरबन्दी भएर पनि विगत लामो समयदेखि महोतरीमा बसि रहेका प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटी कमिसन उठाउनमा व्यस्त रहेका हुन ।
दरबन्दी बाहिर रहेपपनि आफ्नो घर पाएक बर्दिवासमा काजमा बसेका प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटी  सवारी चालक अनुमती पत्र बनाई दिने भन्दै कमिसन असुल्नमा व्यस्त रहेका हुन ।
यातायात व्यावस्था कार्यालय बर्दिवासले सञ्चालन गरेको सवारी चालक अनुमती पत्र(लाईसेन्स)को प्रयोगात्मक परिक्षामा प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटी आफैँ जाने र फेल भएकाहरुलाई पनि सोही दिन पुनःप्रयोगात्मक परिक्षा गराई आर्थिक चलखेल गरि पास गराउने गरेका रहस्य बाहिरिएको छ ।
बैशाख १५ गते भएको मोटरसाईकल तथा स्कुटरको सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षामा फेल भएका ४ जनालाई सोही दिन पुनः प्रयोगात्मक परिक्षा गराएर प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटीले पास गराएपछि सो रहस्य बाहिरिएको हो ।
प्रयोगात्मक परिक्षा स्थलमा खटिएका प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटीले सि.नं.१६–८५५१८८८ आवेदन नम्बर भएका र सि.नं.५७–८५५८२२४ आवेदन नम्बर भएका २ जनाका साथै अन्य २ जनालाई पनि सोही दिन पुनःप्रयोगात्मक परिक्षामा सहभागी गराई पास गराएका हुन् । उनले पहिला प्रयोगात्मक परिक्षामा फेल भएका उनिहरु दुवै जनाका साथै अन्य २ जनालाई पनि सोही दिन पुनःप्रयोगात्मक परिक्षामा सहभागी गराएर प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटीले पास गराएका पाइएको हो ।
पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास काजमा तथा दरबन्दी बनाएर आउने गरेका प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटीको घर बर्दिवास मै रहेको छ । उनको हाल दरबन्दी बर्दिवास भन्दा बाहिर भएपनि यातायात व्यावस्था कार्यालय बर्दिवासले सवारी चालक अनुमतीको परिक्षा सञ्चालन गर्न थालेदेखि उनि बर्दिवास मै काज मिलाएर बसेका छन् ।
यातायात व्यावस्था कार्यालय बर्दिवासका एक कर्माचारीलाई आफ्नै घरमा राखेका उनले सो क्षेत्रमा हुने सवारी चालक अनुमती पत्रका लिखित तथा प्रयोगात्मक परिक्षाहरुमा समेत अरुलाई जना नदिने,मोटरसाईकल देखि जेसिविहरुको समेत प्रयोगात्मक परिक्षामा आफैँ खटेर २० हजार देखि १ लाख सम्म हरेक सवारी साधनहरुबाट कमिसन असुल्ने गरेका प्रयोगात्मक परिक्षामा सहभागी भएका एक स्थानियले बताए ।
उनले आफु भन्दा माथिल्लो निकायका प्रमुखहरुलाई विभिन्न बाहना बनाई प्रलोभनमा समेत पारेर घर पाएक नै बसेका र यातायात व्यावस्था कार्यालय बर्दिवासका कर्माचारीहरुसंग मिलेर कमिसन असुलेका अर्काे प्रयोगात्मक परिक्षामा सहभागी भएका एकजनाले नाम नबताउनु सर्तमा बताए ।
सो विषयमा हामीले प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटीलाई सोध्दा उनले पारिवारीक समस्याका कारण घर पाएको बसेको बताए । साथै फेल भएको भनि लेखिएको स्थानमा फेरी पास किन लेखियो भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा उनले प्रयोगात्मक परिक्षा स्थलमा धेरै मानिसहरुको भिडभाड हुने र सो समयमा केही तलमाथी हुन गएको भए सञ्चाउने बताए ।
यातायात व्यावस्था कार्यालय बर्दिवासको प्रयोगात्मक स्थलमा यातायात कार्यालयका ना.सु ,मेकानिकल सुपरभाईजर र ट्राफिक प्रहरी प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटी खटिने र तीनै जनाको मिलेमतोमा फेल भएकाहरुलाई पनि आर्थिक चलखेल गरि सोही दिन पुनः प्रयोगात्मक परिक्षा गराई पास गराउने गरेका पाइएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय मधेश प्रदेश पथ्लैया मधेश प्रदेशका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम कुमार महतोले प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटीको चरित्र बुझि घर पाएक बस्न नदिएको भएपनि प्रहरी उपरिक्षक महतोको सरुवा भए लगतै उनि फेरी विभिन्न बाहनामा घर पाएक नै पुगेका छन् ।  विभागमा बसाई सराई पेश नगरेका प्रहरी नायव निरिक्षक(सई) भित्रिकोटी दरबन्दी जानुपरे विभिन्न बाहना बनाउन सिपालु छन् भने अहिले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरीमा बसेर यातायात कार्यालय बर्दिवासको चाख लिई रहेका छन् ।

सम्बन्धित समाचार