संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीको आठौं बार्षिक साधारण सभा सम्पन्न

1.3k Shares

गणेश खड्का
संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । हरिवनमा भएको आठौँ वार्षिक साधारण सभाले देव कुमार लामाको अध्यक्षतामा १३ सदस्यीय संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाही चयन गरेको संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीका सचिव मोहन बहादुर कार्की(रमेश)ले जानकारी दिए ।
उनका अनुसार संघको  उपा अध्यक्षमा राम बाबु मण्डल सह सचविमा रविन्द्र ठाकुर र कोषअध्यक्षमा राम कुमार सिंह सहित १३ सदस्यीयत संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाही चयन गरिएको हो ।
संघका अध्यक्ष लामाको अध्यक्षता एवम सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा ख की प्रदेश सभा सदस्य बेची लुङ्गेली र विशिष्ट अतिथि हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),जिल्ला ट्राफिपक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनाली र ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापा लगायतको विशेष उपस्थितीमा संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा सदस्य लुङ्गेलीले संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीको भौतिक संरचना निर्माणका लागि पहल गर्ने बताईन् । त्यस्तै कार्याक्रमका विशिष्ट अतिथि हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीको भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने बताए ।
यता, जिल्ला ट्राफिपक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक मैनालीले जिल्ला भरीका एम्बुलेन्सहरुलाई संघमा आवद्ध गराउँदै एउटै नीयममा सञ्चालन गर्न सुझाब दिए ।उनले जिल्ला भरीका सबै एम्बुलेन्सहरु संघमा आवद्ध भएर भाडा दररेट निर्धारण गरी सञ्चालन गर्न सुझाब दिएका हुन । संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीमा हाल ६० वटा एमबुलेन्सहरु आवद्ध रहेका संघले जनाएको छ ।

सम्बन्धित समाचार