Close This

जनता आवासले सपना मात्रै बाँड्यो, त्रिपालमुनि स्थानीयको बास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१ गते   ७६ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा निर्माणाधीन मुसहर बस्ती काम पूरा नहुदै बीचैमा रोकिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको मुसहर बस्तीको निर्माण कार्य रोकिएको छ ।
प्रतिनिधि सभा सदस्य सर्लाही  निर्वाचन १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साहको  पहल र स्थानीय रामनरेश शाहको निगरानीमा काम सुरु भएको थियो । तर प्रतिनिधि सभा सदस्य साहले कमिसन मागेको पछि कामले गतिलिन नसकेको स्थानियबासीको भनाई छ । स्थानियका अनुसार काम पनि बीचमै रोकिएको छ । 
अहिले काम नहुँदा मुसहर बस्तीमा स्थानीय चिन्तित बन्न थालेका छन्। बस्न पाइने आशमा रहेका मुसहर समुदाय यतिबेला जनता आवासले दिने भनेको तीनकोठे पक्की घर सपना मात्र भएको बताउन थालेका छन्। हाल उनीहरू घरको आशमा त्रिपाल ओडेर रात बिताउन बाध्य भएका छन्।
एक घर बराबर करिब रु ३ लाख ८६ हजार बजेट छुट्टाइएको भए पनि काम सुरु भएको ७ महिनासम्म पनि काम सम्पन्न नहुँदा उनीहरू मारमा परेका हुन । घर बनाउदा ठेकेदार तथा मिस्त्रीले तीन दिन काम गरे बापत एउटा सिङ्गै कुखुरा र रक्सी लिने गरेको गुनासो एक स्थानियले बताएका छन् । आफ्नो घर निर्माण गर्न सोही घरका सदस्यले श्रमदान गरेका भए पनि घरको ठेक्का लिएका ठेकेदार तथा मिस्त्री नआउने गरेका उनीहरूले गुनासो छ ।
यता, सम्बन्धीत मन्त्रालयमा रकम नरहेका कारण जनता आवासको काम तिब्रगतिमा अघि नबढेको जनता आवासका ठेकेदार रामनरेश मण्डलले बताएका छन् । चालु आर्थिक वर्षमा नै निर्माण सक्ने गरि इश्वरपुर नगरपालिका ६ मा १७ वटा घरहरु निर्माण शुरु गरिएको भएपनि हाल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । वर्षामा पक्की घरमा बस्ने सपना बोकेका सुकुम्वासी मुसहर समुदायका मानिसहरु अहिले पनि त्रिपाल मुनी बस्न बाध्य भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech