सर्लाहीको चन्द्रनगर गाँउपालिका १ किसनपुरका २८ वर्षिय अरविन्द कुमार पंडितको हत्यामा संग्लग्न छ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।ईश्वरपुर नगरपालिका ६ चिरान टोलका मोस्तकिम अंसारीकी ३० वर्षिय श्रीमती नजिमा खातुनसंग अवैध तथा अनैतिक सम्बन्ध भएको भन्दै छ जना मिलेर पंडितको हत्या गरेका अनुसन्धानबाट खुलेपछि छ जनालाई नियन्त्रणमालिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका ८ स्थित फुलजोर खोलाको छेउमा उखुबारीमा फेला परेको पंडितको शवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नजिमा खातुनले पंडितलाई भेट्न बोलाएर आफ्न्त मिलेर उनको हत्या गरेको खुल्न आएको हो । ईश्वरपुर नगरपालिका ५ चिरानटोलका मोहम्मद हुसैन मोमिन,रजाक अंसारी नजिमा खातुन,सुयब अंसारी,कोनूर आलम अंसारी र सलाउदिन अंसारीलाई पंडितको हत्याको आरोपमा
पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।अभियुक्तहरु बिरुद्ध कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरि अनुसंन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।