Close This

चक्रघट्टा गाउँपालिकामा कोको ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१४ गते   १६३ पटक हेरिएको

चक्रघट्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका कृष्णकुमार यादव ५ हजार ९ सय १५ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी साह तेलीले ३ हजार ५ सय २१ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका नेकपा(माओवादी केन्द्र)का विक्रम यादवले २ हजार १ सय ४४ मत पाउनु भयो  ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा पनि जसपाकै मिनादेवी रायले ५ हजार ८ सय १५ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमल जयसवालले ३ हजार २ सय ३ र माओवादी केन्द्रकी सजरा खातुनले १ हजार ८ सय ६९ मत पाउनु भयो ।
९ वटा वडा रहेको चक्रघट्टा गाउँपालिकाको वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का राम सुरेश राय ३ सय ८८ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का विनोद कुमार राय ४ सय २ मत, वडा नम्बर ३ मा जसपाका दिनेश कुमार साह ७ सय ९२ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका फैयाज अहमद ९ सय २८ मत, वडा नम्बर ५ मा जसपाका नागेन्द्र प्रसाद साह ४ सय ५० मत, वडा नम्बर ६ मा जसपाका राजेश कुमार यादव ४ सय ९० मत, वडा नम्बर ७ मा नविन कुमार राय ८ सय १२ मत, वडा नम्बर ८ मा रामकैलाश राउत ७ सय ७३ मत र वडा नम्बर ९ मा जसपाका विजय कुमार यादव ५ सय ५५ मत ल्याउँदै निर्वाचित हुनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech