Close This

विद्यालयमा भएको अनियमितता र र पठन पाठनको माग गर्दै भएको आन्दोलनमा एक प्रहरी घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२० गते   ३० पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिका ५, हरकठवाको एक विद्यालयमा भएको विवादमा परि एक प्रहरी घाईते भएका छन् । धनकौल गाउँपालिका ५, हरकठवाको जनता मावि हरकठवाका विद्यार्थीहरुको आक्रमणबाट एक प्रहरी हबल्दार घाईते भएका हुन् ।
विद्यार्थीहरुको समूहले ढुंगा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय हरकठवामा कार्यरत ती प्रहरी हबल्दारको आँखामाथि निधारमा चोट लागेको र अहिले उनको जिल्ला अस्पताल सर्लाहीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति गठन नभएको, विद्यालयको आन्तरीक स्रोतमाथी अनियमितता भएको,विद्यालयमा अध्यापन राम्रो नभएको लगायत माग राख्दै विद्यार्थीहरुको समूहले आन्दोलन गरेको थियो । विद्यार्थीहरुको समूहले बुधबार(आज)विद्यालयमा अध्यापन शुरु हुनासाथ हुलदंगा गर्दै विद्यालयमै डेस्कबेञ्च, टेबुल लगायत तोडफोड गरेको थियो ।
लगतै विद्यार्थीहरुको समूह धनकौल गाउँपालिका कार्यालयमा पुगेको थियो । विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा समेत तोडफोडको प्रयास गरेका धनकौल गाउँपालिकाको कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय बरहथवा, ईलाका प्रहरी कार्यालय हिरापुर, ईलाका प्रहरी कार्यालय हरकठवा र सशस्त्र प्रहरी बेस क्याम्प मनुष्माराको टोलीले आक्रोसित विद्यार्थीहरुलाई तितर वितर पारेको प्रहरीले जनाएको छ ।
घटना नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरुको समूहले गरेको ढुंगामुढाबाट ईलाका प्रहरी कार्यालय हरकठवाका प्रहरी हबल्दार घाईते भएका हुन् । धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतो, विद्यालयका प्रधानाध्यापक रामनारायण यादव, सुरक्षाकर्मीका प्रतिनिधिहरु लगायतको छलफलले आगामी कात्तिक ५ गते समस्या समाधान गर्ने सहमति भएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech