दशैँमा मात्र सर्लाही ट्राफिकद्धारा पाँच लाख भन्दा बढी राजश्व संकलन

गणेश खड्का    प्रकाशित: २०८०-७-१५ गते   ३७३ पटक हेरिएको

सर्लाहीमा दशैंको अवधिभर पाँच सय भन्दा बढी सवारी साधनहरु कारवाहीमा परेका छन् ।दशैंको घटनास्थपानादेखि कात्तिक १० गतेसम्म ट्राफिक नियम उल्लंघन गरी चलाइएका पाँच सय १२ वटा सवारी साधनहरु कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए ।उनका अनुसार पाँच सय १२ वटा सवारी साधनहरुलाई कारवाही गर्दा  रु पाँच लाख १६ हजार पाँच सय राजस्व संकलन भएको छ ।कारवाहीमा पर्ने सवारी साधनहरुमा अधिकांश मोटरसाइकल रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग समन्वय गरी ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए । जिल्लामा अत्यधिक मात्रामा हेल्मेट नलगाई मोटरसाइकल चलाउने गरेको समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालले बताए ।उनका अनुसार जिल्लामा बिना हेल्मेट चलाइएका मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाईते हुने तथा मृत्यु समेत भएको घटना अत्यधिक रहेको छ ।

हेल्मेट नलगाइ चलाइने मोटरसाइकल चालकलाई पहिलो पटक सम्झाउन र पुनःत्यस प्रकारको ट्राफिक नियमको उल्लंघन गरेको पाइए कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालले बताए ।उनका अनुसार जिल्लामा पूर्व–पश्चिम राजमार्गमा ट्राफिक नियमको पालना हुने गरेको भएपनि भित्री सडकहरुमा ट्राफिक प्रहरी नरहने भएकाले अधिकांशले ट्राफिक नियमको उल्लंघन गर्ने गरेको पाइएको छ ।ट्राफिक नियमको अत्यधिक उल्लंघन हुने भित्री सडकमै मोटरसाइकलहरु गम्भिर किसिमका दुर्घटना हुँदा जनधनको धेरै क्षति हुने गरेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech