इश्वरपुर १८ र हरिवनका ७ गरी २५ परिवारलाई लालपुर्जा

गणेश खड्का    प्रकाशित: २०८०-७-२६ गते   १३९ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकाले भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा)वितरण सुरु गरेको छ । विगत लामो समयदेखि भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन तथा पहिचानको काम चलिरहेको मधेश प्रदेशमा पहिलो पटक इश्वरपुर नगरपालिकाले भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण सुरु गरेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिका १ स्थित शंकरगन्जबाट भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गाधनी पुर्जा(लालपुर्जा) वितरणको काम सुरु भएको हो ।राष्ट्रिय भुमि आयोगले ऐतिहासिक रुपमा मधेस प्रदेशमै पहिलोपटक ईश्वरपुर नगरपालिकाबाट जग्गाधनी पुर्जा(लालपुर्जा)वितरण सुरु गरेको राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले बताए । उनका अनुसार इश्वरपुर नगरपालिका १ का भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुमध्ये १८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
ईश्वरपुर नगरपालिकाबाट पहिलो पटक जग्गाधनी पुर्जा(लालपुर्जा)वितरणको काम सुरु भएको र चाँडै नै सबै वडाका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई पुर्जा वितरण गरिने नगर प्रमुख आचार्यले बताए ।बर्षौंदेखी पुर्जाबिहिन जीवन बिताउन बाध्य भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले जग्गाधनी पुर्जा (लालपुर्जा)पाउदा अत्यन्तै खुसी लागेको इश्वरपुर नगरपालिका १ शंकरगन्जकी सुकमरिया देवि मुसहरले बताइन् । लालपुर्जा पाईन्छ कि पाईंदैन भन्ने अन्योलका बिच राष्ट्रिय भुमि आयोगले जग्गाधनी पुर्जा वितरण गरेकोमा स्थानीय खुशी भएका छन् ।
त्यस्तै हरिवन नगरपालिकाले नगर भित्रका सात जना भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा)वितरण गरेको नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । उनका अनुसार भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गर्न केही काम बाकी रहेका कारण ढिला भएको र चाँडै नै काम सकाएर जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech