सर्लाहीको मलंगवा नगरपालिका २ मा करिब रु छ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा नआउँदा बेवारिसे बनेको छ ।मलंगवा नगरपालिका ९ स्थित कृषि विकास बैँकको जमिनबाट अस्थायी रुपमा सञ्चालन भइ रहेको बसपार्कलाई व्यवस्थापन गर्न भन्दै मलंगवा नगरपालिका २ मा राज्यले ठूलो रकम खर्चेर निर्माण गरेको सुविधा सम्पन्न बसपार्क निर्माण सम्पन्न भएको करिब २ वर्ष भई सक्दा समेत प्रयोगमा आउन सकेको छैन् ।
सर्लाहीको मलंगवा नगरपालिका २ मा राज्यको करिब रु ६ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न बसपार्क निर्माण भएको करिब २ वर्ष भई सक्दा पनि प्रयोगमा आउन सकेको छैन् ।नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत करिब रु ६ करोडको लागतमा मलंगवा नगरपालिका २ मा सुविधा सम्पन्न बसपार्क निर्माण भएको करिब २ वर्ष भएपनि बसपार्क प्रयोग विहिन अवस्थामा छ।बसपार्क निर्माण भएपनि सरोकारवाला निकाय मलंगवा नगरपालिकाले चासो नराखेका कारण सो बस पार्क प्रयोगमा आउन नसकेको यातायात व्यावसायी राजिव यादवले बताए ।उनले मलंगवा नगरपालिकालाई कसरी व्यवस्थित भन्ने विषयमा नगरपालिका नै गम्भीर नभएका कारण आफुहरु यातायात व्यावसायीहरुले मात्रै चाहेर नहुने बताए ।
मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तार संगै सवारी साधनहरुको चाप बढेका कारण मलंगवा नगरपालिका २ मा सुविधा सम्पन्न बसपार्कको निर्माण गरिएको भएपनि यातायात व्यवासायीहरुको आपसी विवादका कारण उद्धघाटन भएको बसपार्क प्रयोगमा नआएको मलंगवा नगरपालिकाले गठन गरेको बस पार्क सञ्चालन समितिका संयोजक प्रमोद मण्डलले बताए।उनले मलंगवा नगरपालिकाले असोजदेखि लगातार छलफलहरु गरि रहेको भएपनि म्याजिक र बस व्यावसायीहरु विच सहमती नभएकाले बस पार्क सञ्चालनमा आउन नसकेको हो ।
जिल्लाका सरोकारवालाहरु विच विभिन्न चरणहरुमा छलफल भई रहेको फेरी सरोकारवाला निकाय बसेर छलफल गरेर चाँडै नै बस पार्कलाई प्रयोगमा ल्याईने प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।उनले आफु सर्लाहीको प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै विभिन्न समयमा सरोकारवालाहरुसंग छलफल भएको र जिल्ला प्रशासन कार्यालयले मलंगवा नगरपालिकाले चासो राखेपछि समन्वयात्मक भूमिका खेल्ने बताए ।
टर्मिनल भवनसहित निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क सञ्चालनमा नआउँदा मलंगवामा सवारी साधन व्यावस्थापनमा निकै ठूलो समस्या देखिएको छ।बजारको विचमा रहेको मलंगवा नगरपालिका ९ स्थित पुरानै बसपार्कमा पार्किङ गरि त्यहीँबाट संचालन हुँदा सवारी व्यावस्थापनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत बढेको छ।
राज्यको लगानीको विकास कस्तो र कसरी हुन्छ भन्ने मलंगवा नगरपालिका २ को सुविधा सम्पन्न बसपार्कलाई हेरे पुग्ने भएपनि एकले अर्काेलाई आरोप प्रत्यारोप लगाउने तर जिम्मेवारी लिने कुनै निकाय तयार नरहेका कारण बस पार्क सञ्चालनमा आउन नसकेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले बताए ।
ठूलो रकममा सुविधा सम्पन्न बसपार्क निर्माण गरी ठेकेदारले बसपार्क हस्तान्तरण गरि सो बसपार्क उद्धघाटन समेतभई रहेको भएपनि सर्लाहीका यातायात व्यवसायीहरु विच विवाद हुँदा बसपार्क प्रयोग विहिन भएको हो ।सर्लाहीबाट लामो तथा छोटो दुरीका गरी करिब ९० वटा बसहरु दैनिक छुट्ने गरेका छन् भने करिब तीन सय वटा म्याजिकहरु सञ्चालन भई रहेका छन्।