सर्लाहीको बागमती नगरपालिका २ सानो डावरीमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।बागमती नगरपालिका २ सानो डावरी स्थित भित्री सडक खण्डमा हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा आवासिय विद्यालयको बसले बागमती नगरपालिका २ का श्याम गोलेका छोरा अन्दाजी वर्ष दुईका यनस गोलेलाई ठक्कर दिदाँ उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बागमतीको जिरायतबाट हरिवन तर्फ आँउँदै गरेको ना.१ क ७३८२ नम्बरको स्कुल बसले गोलेलाई ठक्क्र दिँदा उनको ज्यान गएको हो।दुर्घटना लगतै ईलाका प्रहरी कार्यालय हरिवन र प्रहरी चौकी ढुङग्रेखोलाबाट प्रहरी टोली खटिई गई दुर्घटनामा संग्लग्न बस र बसका चालक हरिवन नगरपालिका ११ प्रगति टोलका अन्दाजी बर्ष ५० का सुर्य बहादुर थापालाई नियन्त्रणमा लिइएको छ । शव घटनास्थल मै रहेको प्रहरीले जनाएको छ ।