Close This

शसस्त्र प्रहरी सप्तरीद्वारा २ लाख बढीकाे अबैध चाँदीसहित एकजनालाई पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२६ गते   २२९ पटक हेरिएको

सप्तरीको बोदे बरसाइन नगरपालिका  ५ स्थित बोर्डरबाट लाखौंको अवैध चाँदीसहित एक जना तस्करलाई शसस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।
शसस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(बिओपी) स्वर्णपटिबाट खटिएको शसस्त्र प्रहरीको टोलिले शंकालागि चेकजाँच गर्ने क्रममा  रु २ लाख ८ हजार ४ सय ४८ बराबरकाे अवैध चाँदीसहित एक जना तस्करलाई पक्राउ गरेकाे  सशस्त्र प्रहरी बल नेपाल ६ नंं हे.क्वा गण सप्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार मोरङ्गको मिक्लाजुङग गाउपालिका ८ का ४० बर्षिय चन्द्र बहादुर विश्वकर्मालाई रु २ लाख ८ हजार ४ सय ४८ बराबरकाे अवैध चाँदी सहित पक्राउ गरिएको हाे ।
पक्राउ परेका विश्वकर्मा चढेको मे ११ प ४४४४ नम्बरको पल्सर मोटरसाइकलबाट भारतबाट भन्सार छलि गरेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा रु २ लाख ८ हजार ४ सय ४८  बराबरको अबेध चाँदीसहित नियन्त्रणमा लिएकाे  शसस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(बिओपी) स्वर्णपटिका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी नायव निरिक्षक श्यामलाल पुरीले बताउनु भयाे ।उहाँका अनुसार विश्वकर्माको साथबाट बच्चाले लगाउने चाँदीको बाला,औँठी ब्रास्लेट लगायतका चाँदीको सामाग्री बरामद भएको छ । 
अवैध चाँदीसहित पक्राउ परेका विश्वकर्मालाइ आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठी बेल्हि बुझाएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनु भयाे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech