मोटरसाईकलको ठक्करबाट एकको मृत्यु,तीन घाईते

360 Shares

फुलजोर त्रिभुवननगर सडक खण्ड अन्र्तगत सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ भेल्हीमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।फुलजोर त्रिभुवननगर सडक खण्ड अन्र्तगत ब्रहम्पुरी गाउँपालिका २ भेल्हीमा बयलबासबाट भेल्ही तर्फ जाँदै गरेको बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाईकलले ब्रहम्पुरी गाउँपालिका १ का पैदल यात्री अन्दाजी वर्ष ५० का राम प्रताप पण्डीत सहित ब्रहम्पुरी गाउँपालिका २ का अन्दाजी वर्ष ६५ का झब्सी सहनीलाई ठक्कर दिएकोमा पण्डीतको उपचारको क्रममा बाराको न्यूरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाप्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकलको ठक्करबाट पण्डीतको दुबै खुट्टा भाँचिएको थियो भने सहनीको छाती तथा कम्मरमा चोट लागेको छ ।मोटरसाईकल चालक भारतको बिहार राज्य जिल्ला सितामाढी सोनबर्षा थाना का अन्दाजी २२ वर्षका बिरजन पटेल र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी वर्ष ५४ का हजारी प्रसाद रौनियार पनि घाईते भएका छन् । 
घाईते चारै जनालाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गराई पैदल यात्री पण्डीत,सहनी र मोटरसाईकलमा सवार रौनियारलाई थप उपचारको लागी वीरगन्ज तर्फ पठाएकोमा पण्डीतको बाराको न्यूरो हस्पिटल मृत्यु भएको प्रहरीले जनाएको छ ।पण्डीतको शव न्यूरो हस्पिटल बारा मै रहेको छ ।

सम्बन्धित समाचार