Close This

सर्लाही प्रहरी अनुसन्धानमा प्रदेश २ मै उत्कृष्ट,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-५ गते   २५३१ पटक हेरिएको

सर्लाही प्रहरी प्रदेश न २ मा अनुसंधानको मामिलामा  सबैभन्दा उत्कृष्ट ठहरिएको छ । संघिय प्रहरी कार्यालय जनकपुरले गरेको अनुसन्धान अधिकृतहरुसंगको १ दिवसिय अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही अनुसन्धानमा उत्कृष्ठ ठहरिएको पाइएको हो ।
असोज २४ गते भएको अनुसन्धान अधिकृतहरुसंगको अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले गरेका विभिन्न केशहरुको मुल्यांकन गर्दा जिल्ला प्रहरी कार्यालय सर्लाही प्रदेश २ मै सबै भन्दा उत्कृष्ट ठहरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत्र १० गते भएको मलंगवा नगरपालिका ९ मा शुशिल कुमार यादवको घाँटीकाटी हत्या भएको घटनाको अनुसन्धानको मुल्यांकन गर्दा प्रदेशमै उत्कृष्ठ ठहरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का सुचना अधिकारी कृष्ण प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) उमेश रंजितकारको प्रमुख अतिथिमा भएको अनुसन्धान अधिकृतहरुसंगको अन्र्तक्रिया कार्यक्रममा जिलल प्रहरी कार्यालयहरुले गरेका अनुसन्धानका केशहरुको मुल्यांकलन गरिएको थियो ।
यस्तै गत बर्षमा पनि सर्लाही प्रहरीनै अनुसन्धान र अभिलेख व्यवस्थापनमा उत्कृष्ट भएको कारण प्रदेश २ भरीका अनुसन्धान अधिकृतहरुले सर्लाही जिल्ला प्रहरी कार्यालय सर्लाहीको  अवलोकन गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुख भएर प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर आएपछि प्रहरीले जिल्लामा शान्ती,अमनचयनमा विषेश ध्यान पुर्याई काम गरि रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech