मरिण गाउँपालिका उज्यालो गाउँपालिका घोषणाको तयारीमा

413 Shares

सिन्धुलीको मरिण गाउँपालिका ६ लाई उज्यालो वडा घोषणा गरिएको छ।मरिण गाउँपालिका ६ का सबै क्षेत्रमा विद्युतीकरणको काम सकिएपछि वडालाई उज्यालो वडा घोषणा गरिएको गाउँपालिकाकी उपा अध्यक्ष विमला माझीले बताईन् ।उनका अनुसार सात वटा वडा रहेको मरिण गाउँपालिकाको ५ र ६ उज्यालो वडा घोषणा भई सकेका छन् भने वडा नम्बर ७ उज्यालो वडा घोषणा गर्ने तयारीमा रहेको छ ।
मरिण गाउँपालिकाका सबै ७ वटै वडाहरुमा विद्युतीकरणको काम करिब सकिएको र गाउँपालिका नै उज्यालो गाउँपालिका घोषणाको तयारीमा रहेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिए ।उनका अनुसार २०७० साल पछि सिन्धुलीका प्राय पालिकाहरुमा ग्रामीण विद्युतीकरण कार्यक्रम सुरु भएको र तिब्र रुपमा विद्युतीकरणको काम भई रहेको छ।राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तार तिब्रगतिमा भई रहेको र अध्याँरोमा बस्नु पर्ने बाध्यता रहेका नागरिकलाई विद्युतीकरणले ठूलो सहयोग पुर्याएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिन्धुलीका प्रमुख शिशिर लम्सालले बताए ।

सम्बन्धित समाचार