अधिवेशनबाट आएको मेरो नेतृत्वको प्रेस सेन्टर नेपाल सर्लाही नै आधिकारीक ः अध्यक्ष एस.पी.गौरब

गणेश खड्का    प्रकाशित: २०८०-५-२१ गते   ५४४ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)को शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष एस.पी.गौरबले आफुले नेतृत्व गरेको कमिटि नै आधिकारीक रहेको दाबी गरेका छन् ।उनले स्थानीय केही नेताहरुले को कुन लाईन(खेमा)को भन्ने विषयमा केही विवाद सृजना गरेका र सामान्तर कमिटि बनाएका भए पनि आफुहरु नै महाधिवेशनबाट आएको कमिटि भएकाले आफुहरु नै आधिकारीक कमिटि रहेको दाबी गरे ।

प्रेस सेन्टर नेपाल केन्द्र र मधेश प्रदेश कमिटिका केही मानिसहरुले आफ्नो स्वार्थ सिद्ध गर्न आफ्नो लाईनको(खेमा)का मानिसहरुलाई समेटेर प्रेस सेन्टर नेपाल सर्लाहीमा विवाद सृजना गरेका अध्यक्ष एस.पी.गौरबले बताए ।उनले संगठको सिद्धान्त विपरित कुनै जवाफ माग नगरी,ध्यानाकर्षण नगराई एकै पटक समिति विघटन गरेको सूचना फेशबुकमा जारी गर्ने प्रदेश कमिटि कुन सिद्धान्तमा चलेको छ । भन्ने विषयमा आफुले चर्चा गरि रहनु नपर्ने समेत बताए । उनले भने आफ्नो कमिटिको ७ जना पदाधिकारीहरु मध्य एक जना सहसचिव पहिलै देखि निष्क्रिय रहेका र बाँकी रहेका ६ जनाबाट एक जना उपा अध्यक्ष र एक जना सह सचिवका साथै २१ जना सदस्यबाट आठ जना सदस्य गरी कुन २७ जनाबाट १० जना लिएर केही झुण्डले बनाएको कमिटि आधिकारीक कमिटि हुने की अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी चार जना पदाधिकारी र १३ जना सदस्य गरी १७ जना रहेको समिति आधिकारीक हुने भन्नेमा आफुले बताई रहनु नपर्ने बताए ।

त्यसमा पनि पार्टीको सदस्य समेत नरहेका र अधिवेशनको समयमा बैठक पुस्तीकामा आफ्नो नाम केरेर हिडेका मानिसले आफुलाई आधिकारी भनि विज्ञप्तीहरु जारी गर्नु, लेटर प्याड र छाप किर्ते गर्दा पनि जाल नलाग्नु नै हास्यास्पद रहेको अध्यक्ष एस.पी.गौरबले बताए । समानान्तर कमिटिमा राख्ने मानिस नभएर नेकपा (एकिकृत समाजवादी) निटक समाजवादी पत्रकार संगठन सर्लाहीका अध्यक्षलाई आफ्नो कमिटिको उपाध्यक्ष बनाउनु पर्ने अवस्था सृजना हुने संगठन कुनै पनि हालतमा आधिकारी नभएको समेत अध्यक्ष एस.पी.गौरबले बताए ।

पार्टी भित्र देखिएको अन्तर संघर्ष वा खेमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीमा पनि देखिएको र यसले संगठनलाई फाइदा नहुने समितिका सचिव रमेश अधिकारी(रितिक)ले बताए । उनले भने सर्लाहीमा प्रेस सेन्टर बलियो देख्न नचाने मानिसहरुका कारण संठगनमा विवाद सृजना भयो । तर आफुहरु आधिकारीक समिति रहेको उनले पनि दाबी गरे ।त्यसैगरी  समितिका उपाध्यक्ष राजेश थापा मगरले आफुहरुले सबै कुरा केन्द्रीय समितिलार्इ समेत जानकारी गराउँदा पनि त्यहाँबाट पनि कुनै चासो नदेखाउनुले सर्लाहीको प्रेस सेन्टर नेपालमा निकै ठूलो असर परेको बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech