Close This

तीन सय नागरिकको उद्धार : उपाअध्यक्ष सुनुवार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-११ गते   ४०२ पटक हेरिएको

जिल्लाको फिक्कल गाउँपालिकाले काठमाण्डौ नै पुगरे तीन सय नगारिकको उद्धार गरेको छ ।

काठमान्डौं बसेर लकडाऊनका कारण अलपत्र परी समस्यामा परेका आफ्ना नागरिकहरुको बुधबार उद्धार गरेको हो ।

फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवार आफ्ना नागरिको उद्धारको लागि बुधबार काठमान्डौं पुग्नु भएको थियो ।

मजदुरी गरी खाने ३ सय जना पालिकावासी लाई गएराती काठमाडौँ को जडीबुटी बाट फिक्कल ल्याईएको गाउँपालिका उपाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

काठमाडौ बाट ल्याइएका नागरिकहरु लाई सुरक्षित रुपमा घर सम्म पठाएको र उनी हरुलाई होम क्वारेन्टाइनमा बस्नको लागि समेत आग्रह गरिएको बताउनु भयो ।

साथै,गाउँपालिकाले जनता उद्धार गरेर ल्याउँदा आर्थिक चलखेल भएको भन्ने अर्नगल प्रचार नगर्न पनि आग्रह गर्नुभएको छ । यदी यो संकटको समयमा पनि नागरिकको उद्धार नगरकको भए , जनता प्रति हाम्रो विश्वास टुट्ने भएकाले तत्काल उद्धार गरेको जिकीर गर्नुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech