नेकपा (एकीकृत समाजवादी)को लालबन्दी नगर स्तरीय अगुवा नेता कार्यकर्ता भेला सम्पन्न

3.4k Shares

नेकपा (एकीकृत समाजवादी) पार्टी लालबन्दी नगर स्तरीय अगुवा कार्यकर्ता भेला आज(सोमबार) सम्पन्न भएको छ । नेकपा(एमाले) बाट अलग भएको नेकपा(एकिकृत समाजवादी) पार्टीले आफ्ना गतिविधिहरुलाई बढाउने क्रममा लालबन्दी नगर स्तरीय अगुवा नेता तथा कार्यकर्ताहरुको भेला गरेको हो ।
पार्टीका लालवन्दी नगर अध्यक्ष राजन काफ्लेको अध्यक्षता तथा संविधानसभा सदस्य प्रकाश पाख्रिनको प्रमुख आतिथ्यतामा भएको भेलाले ५१ सदस्यीय नगर कमिटि समेत घोषणा गरेको छ भने महिला नेत्री मीना भण्डारीको अध्यक्षतामा २१ सदस्यीय अनेम संघ पनि गठन गरेको नेकपा(एकिकृत समाजवादी) लालबन्दी नगर कमिटि सचिव राज तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार नेकपा एमालेको नेतृत्व उल्टो दिशातर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । 
कार्यक्रममा नेताहरु प्रदेश सभा सदस्य बेची लुङ्गेली,नेता सुरेन्द्र लामा, हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुर, उप–प्रमुख रेनुका काफ्ले, लालबन्दी नगरपालिका वडा नं १ का अध्यक्ष पञ्चलाल स्याङ्बो,पार्टीका नेताहरु किशोरी दास, झगरुप्रसाद दास, गोविन्द अधिकारी, उद्दव पाठक, बज्रमनी लामा, योगेन्द्र चौधरी, लिलादेवी कोईराला लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार