नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेशको अध्यक्षमा यादव सर्व सहमत चयन

82 Shares

नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेशको अध्यक्षमा नरेन्द्र प्रसाद यादव सर्व सहमत चयन भएका छन् । नेकपा(एमाले)निकट नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेश समितिको सर्लाहीको लालबन्दीमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनले नेपाल शिक्षक महासंघ सर्लाहीका अध्यक्ष समेत रहेका यादवको नेतृत्वमा नयाँ मधेश प्रदेश समिति सर्व सहमत चयन गरेको हो ।
समितिको महिला उपाध्यक्षमा महोत्तरीकी पुष्पाकुमारी मिश्र,उपाध्यक्षमा सिरहाका हरिकुमार श्रेष्ठ र बाराका हस्तबहादुर लामा,महासचिवमा धनुषाका सत्रुधन मुखिया,उपमहासचिवमा पर्साका कमल ओझैया,सचिवमा रौतहटकी संगित कुमार श्रीवास्तव,कोषाध्यक्षमा सप्तरीका गुलाब चौधरी,सह कोषाध्यक्षमा पर्साकी निरमाया आलेलगायत अन्य सदस्य रहेका चयन भएका आयोजकले जनाएको छ ।
अधिवेशनले मोहन यादव संयोजक रहेको तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।सोमबारबाट सुरु भएको प्रथम अधिवेशन मंगलबार सर्वसम्मत नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको आयोजकले जनाएको छ ।नेपाल सरकारकी शिक्षा,विज्ञान तथा प्राविधि मन्त्री सुमना श्रेष्ठले कुनै पनि राजनैतिक संगठनमा शिक्षक जोडिन नहुने बताई रहेकी भएपनि विभिन्न दलहरुका शिक्षक संगठनहरुले आफ्ना राजनैतिक गतिविधिहरु छाडेका छैन्न ।

सम्बन्धित समाचार