सर्लाहीकाे मलंगवाबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण सूरु भएकाे छ । विगत केही समय पहिला स्थापना गरिएको यातायात व्यावस्था सेवा कार्यालय मलंगवाले सवारी चालक अनुमति पत्रकाे प्रयाेगात्मक परिक्षा सहित सवारी चालक अनुमति पत्र वितरण सुरु गरिएको यातायात व्यावस्था सेवा कार्यालय मलंगवाका प्रमुख राकेश कुमार यादवले बताए ।
उनका अनुसार चक्रघट्टा गाउँपालिका- ५ पडरियाका स्नेहा कुमारी मण्डलले स्कुटरकाे ट्रायल पास गरेर मलंगवा स्थित यातायात सेवा कार्यालयबाट लाईसेन्स प्राप्त गर्ने पहिलाे सेवाग्राही बनेकी छिन् । केही समयपहिला स्थापना गरिएको यातायात व्यावस्था सेवा कार्यालय मलंगवाले लाईसेन्स वितरण सँगै सबै सेवाहरु सुचारू गरेकाे कार्यालय प्रमुख यादवले बताए ।
मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीकाे प्रमुख आतिथ्यमा सबै काम सुरु गरिएको हाे ।