सर्लाहीको हरिवन नगरपालिका ९ सुखेपोखरी स्थीत पुर्व पश्चिम लोकमार्गमा गाडीको ठक्करवाट एक जनाको ज्यान गएको छ । आज(सोमबार) साँझ करिब ६ः ३० बजेको समयमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हरिवन नगरपालिका ९ सुखेपोखरी स्थीत पुर्व पश्चिम लोकमार्गमा गाडीको ठक्करवाट एक जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
पश्चीमबाट पुर्व हिडेको गाडीको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटना पछि दुर्घटना गराउने सवारी साधन फरार रहेको र खोजी कार्य जारी रहेको बताउनु भयो । गाडीको ठक्करबाट ज्यान गएका मानिसको नाम वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई अहिले हरिवनको नमुना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा पुर्व पश्चीम लोकमार्गमा भएका सवारी दुर्घटनामा संग्लग्न सवारी साधनहरु दुर्घटना गराई फरार हुनुले प्रहरीको डिउटीमाथी आशंका गर्ने समय आएको स्थानियले बताएका छन् । स्थानिय सर्व साधारण नागरिकहरुलाई दुःख दिने तर दुर्घटना लगायतका घटनामा प्रहरी सुस्त हुनु दुखद् रहेको स्थानियले बताएका छन् ।