Close This

सबैपक्षको विरोध पछि खानेपानी आयोजनाद्धारा शुल्क समायोजन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३६२ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाले खाने पानीको महशुल समायोजन गरेकोे छ । नगरप्रमुख मान बहादुर खड्का, उपप्रमुख शान्ती कुमारी लामा, नगरका क्रियाशील राजनैतिक दलका प्रतिनिधि र खानेपानीका पदाधिकारीहरुको छलफलबाट महशुल समायोजन गरिएको हो ।
पाने पानी महसुल समायोजन पछि आयोजना निर्माण कम्पनीले हस्तान्तरण नगर्दा सम्म न्यूनतम ८ हजार युनिट सम्मको १५० रुपैयाँ लिने निर्णय भएको छ ।

यस्तै ९ हजार युनिटको १७० , १० हजार युनिटको २ सय , ११ हजार युनिटको २४०, १२ हजार युनिटको २९०, १३ हजार युनिटको ३५०, १४ हजार युनिटको ४२० र १५ हजार देखि २० हजार युनिटसम्मको ५ सय रुपैयाँ लिने निर्णय भएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनु भयो ।
उहाका अनुसार युनिट थपिँदै जाँदा महशुल पनि बढ्दै जाने छ । लालबन्दी नगरपालिका भित्रको गौरवको आयोजना मानिएको खानेपानी आयोजनाको अहिलेसम्म ९६ प्रतिसत काम सकिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका लेखा प्रमुख मनोज बख्रेलले बताउनु भयो ।
धेरैजसो ठाउँमा धारा पु¥याएर पानी वितरण भइसकेको छ भने केही ठाउँमा पाइप बिछ्याउने देखि धारा जडानको काम तिब्रगतीमा भएको छ । खानेपानीको शुल्क महंगो भएको,गुणस्तरहिन सामानको प्रयोग गरिएको लगायतका माग राखि नगरका विभिन्न राजनैतिक दलहरु तथा स्थानिय बासीले संघर्ष समिति नै बनाएर आयोजनाको ध्यानाकर्षण गराएका थिए ।  

त्यस पश्चात स्थानिय जनप्रतिनिधिहरु, नगरका क्रियाशील राजनैतिक दलका प्रतिनिधि र खानेपानीका पदाधिकारीहरुको छलफलबाट महशुल समायोजन गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech