Close This

रु ३६ लाखको लागतमा निर्माणाधिन अवस्थामा रहेको पर्खाल भत्कीयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१२ गते   ६९ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका २ हजरियामा निर्माणाधीन अवस्थामा रहेको शहीद पार्कको पर्खाल भत्किएको छ । बरहथवा नगरपालिकाले शहीद पार्क निर्माण गर्न आन्तरिक स्रोत तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ मा जन श्रमदान सहित करिब रु ३६ लाख बजेट छुट्टयाइएको थियो ।
शहीद पार्क निर्माण गर्न वैशाख अन्तिम साता नगरपालिकाले उपभोक्ता समिति मार्फत शहीद पार्कको पर्खाल निर्माण गर्दै गरेको,खोलाको किनार रहेको,माटो दलदल रहेको र फाउण्डेशन मजबुत बनाउन भनि रहेको भएपनि जसरी पनि वाल बनाउने निर्णय भएको साथै नयाँ माटो रहेका कारण  पर्खाल भत्किएको नगरपालिकाका इन्जीनियर दिपक लामाले बताउनुुभयो ।
स्थानिय आशिष पौडेलको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम गरेको बरहथवा नगरपालिका २ का वडा अध्यक्ष यज्ञ बहादुर खड्काले बताउनु भयो । उहाँले प्राविधिक इस्टमेट विपरित पर्खाल निर्माण गरिँदा पर्खाल भत्कीएको तर पर्खाल निर्माणका लागि छुट्याइएको रकम वडाको नभएको र वडासँग कुनै समन्वय नगरि काम भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो ।  
साविक हजरिया गाविसको खेल मैदान नजिकै विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूको सम्झनामा शालिक निर्माण गर्ने उद्देश्यले नगरपालिकाले शहीद पार्क निर्माणका लागि शहिद पार्कको कम्पाउण्डवाल निर्माण गर्न बजेट छुट्टयाइएको भएपनि उपभोक्ता समिति मार्फत निर्माण भएको पार्कको पर्खाल निर्माण कार्यमा कमसल सामाग्रीकोप्रयोग नभएकोतर संरचना नै दलदल रहेको खोलासंगै जोडिएको स्थानमा निर्माण कार्य भएको भएपनि वडा अध्यक्षले स्टमेट विपरित काम गर्न लगाएका कारण पर्खाल भत्कीएको स्थानियलेबताएका छन् ।
 शहीद पार्कको कम्पाउण्ड वाल निर्माणका लागि आन्तरिक स्रोत तर्फबाट जनश्रमदान सहित करिब रु ३६ लाख रकममा स्थानिय उपभोक्ता समिति र वडा अध्यक्षले रेखदेख गर्ने गरी निर्माणकोकाम भएकोभएपनि वस्तुस्थिती अनुसार इन्जीनियरले स्टमेट नवनाएको, अनुगमन गर्दा जगदेखि नै समस्या रहेको साथै भारि वर्षाका कारण सो पर्खाल भत्कीएको र सार्वजनिक खरिद नियम अनुसार उपभोक्ता समिति वा निर्माण व्यावसायीले निर्माण गरेको काम एक वर्ष सम्म कुनैसमस्या आएमा त्यसको भरण गर्ने व्यावस्था रहेको र सोही अनुसार काम हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले बताउनु भयो ।
स्टमेट रकम धेरै भएको र डिजाईनमा रकम धेरै खर्च भएका कारण पनि उपभोक्ता समितिलाई केही सहज होस भन्नका लागि पनि नगरपालिकाले निर्माण सम्पन्न नगरी रकम भुक्तानी गरे जस्तो देखिएको छ । उपभोक्ता समिति बाटैनिर्माण गराउने भन्ने विषयमा सम्झौता भएको र सोही अनुसार  हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुजेलले बताउनु भयो ।
पर्खाल निर्माण गरि प्लाष्टर गर्ने क्रममा माटो भरेको र सोही समयमा पानी परेका कारण माटो धसिएर वाल कोल्टीएको साथै दैविय प्रकोपका कारण पर्खाल भत्कीएको भएपनि आफुहरुले भुक्तानी पाईसकेका कारण कानुनीहिसाबले नबनाउँदा पनि हुने हो तर आफुहरु सामाजिक नातालेपनि भत्कीएकोपर्खाल बनाउछौँ ।उपभोक्त समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
नगरपालिकाले निर्माणाधिन अवस्था मै सबै रकम भुक्तानी दिनु,प्राविधि स्टमेट भन्दा बाहिर गएर काम गर्नु गराउनु र नगरपालिका लगायत सरोकारवाला निकाय निर्माण उपभोक्ता समितिलाई जोगाउन तिर लाग्नुले पनि निर्माण कार्य गुणस्तरहिन र प्राविधिक स्टमेट विपरित भएको  आशंका गर्ने ठाउँ रहेको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech